काठमाडौं -सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ । शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।