काठमाडाै -कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरले महेन्द्रनगर चक्काजाम गरेको छ।
राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगरमा चक्काजाम गरेको हो। बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्का जाम गरेको हो। कञ्चनपुर प्रहरीले आइतबार साँझ राप्रपा कार्यकर्ता जयकिशन बोहरा(ज्याकी)लाई बिना कारण पक्राउ गरेको विरोधमा बाध्य भएर सडकमा आएको राप्रपा नेताहरुले बताएका छन्। १५ जेठ गणतन्त्र दिवसकै दिन राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा जुत्ता प्रहार गरेका थिए। सोही प्रकरणमा प्रहरीले १८ जेठमा जयकिशन बोहरा(ज्याकी) र किशन बोहरालाई छाडेको थियो। फेरि कागज गराएर छाडेका व्यक्तिलाई धरकपड गर्दै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको भन्दै राप्रपाले आईतबार नै आन्दोलन घोषणा गरेको थियो।राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पक्राउ गरेका कार्यकर्ता जयकिशन बोहरा(ज्याकी)लाई प्रहरीले नछाडेपछि बाध्य भएर सडकमा उत्रिएको बताए।
‘हामीले हिजैदेखि आज सोमबार दिउँसो १२बजेसम्म रिहा गर्न प्रहरीलाई अल्टिमेटम दिएका थियौँ, ‘अध्यक्ष चन्दले भने, ‘तर प्रहरीले छाड्ने, प्रहरीले राप्रपाप्रति किन ? प्रतिशोध साँधिरहेको छ।’ गणतन्त्रमा बिरोध गर्न पाउनेदेखि वाक स्वतन्त्र हुनुपर्ने भएपनि सरकार र राष्ट्रपतिको बिरोध गर्दैमा पक्राउ गरिहाल्नुपर्ने कारण नै नरहेको अवस्थामा पार्टीले संघर्षको कदम चाल्नुपर्ने बाध्यता आएको बताए। अध्यक्ष चन्दले आम उद्योगी व्यवसायीलाई यो कारण सबै प्रहरीले निम्त्याएकोले त्यसको त्यसको जिम्मेबारी प्रहरी सरकारले लिनुपर्ने बताए। राप्रपा नेता कार्यकर्ताहरुले बोहराको रिहाइको माग अघि सार्दै नाराबाजी गर्दै सडक जाम गरेका छन् । राप्रपाको चक्का जामका कारण महेन्द्रनगरदेखि लामो तथा छोटो दुरीका सवारी साधन संचालन हुन सकेका छैनन्। भने यात्रु मारमा परेका छन्। राप्रपाका केन्द्रीय सह प्रवक्ता पुर्ण बहादुर चन्दले प्रहरीले नै सृजना गरेको समस्याले पार्टी बाध्य भएर सडकमा उत्रिनु परेको बताए।
‘गणतन्त्रमा सत्ताको बिरोध गर्न पाउनुपर्छ, ‘उनले भने, ‘हामीले प्रधानमन्त्री र राष्ट्रपतिको फोटोमा जुत्ता प्रहार गरेर बिरोध जनाए, तर त्यही स्थानमा एमाले युवा विद्यार्थी विद्यार्थीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्यो, उनीहरुलाई त केही गरेन्।’ कञ्चनपुर प्रहरी नेतृत्वको विभेदले पार्टी सडकमा आएको बताए। सोमबारसम्म पनि बोहरालाई रिहा नगरे मंगलबारदेखि थप कञ्चनपुरमा शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। एक पटक सोही प्रकरणमा पक्राउ गरेका व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य प्रतिशोधपूर्ण भएको स्थानीयको ठहर छ। विश्व वातावरण दिवसकै दिन राप्रपाले कार्यकर्ताकर्ता पक्राउ गरेको बिरोधमा ठाँउ ठाँउमा टायर बालेर प्रहरीको विरोधमा उत्रिएका छन्। कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले बोहरालाई केही विषयमा सोधपुछका लागि ल्याईएको बताए। बोहराको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता डाँगीले बताए।