प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन - ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४६ दिन अगाडि
प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन - ओली

काठमाडाै‍ -एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण प्रोटोकल नमिलेको टिप्पणी गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएको हुन्। उनले छलपलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनु पर्नेमा छोरी उपस्थित गराएको आपत्ति जनाए। उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकोले मुलुकको शिर झुकेको बताए।