नाबालिका दिदीबहिनीमाथि सामूहिक करणीको प्रयास, पाँचजना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४० दिन अगाडि
नाबालिका दिदीबहिनीमाथि सामूहिक करणीको प्रयास, पाँचजना पक्राउ

 काठमाडाै‌ -दाङमा दुई नाबालिका दिदीबहिनीलाई करणी प्रयास गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

राप्ती गाउँपालिका– ३ निवासी १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक करणीको प्रयास गरेको आरोपमा गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोरसहित पाँचजना पक्राउ परेका हुन्।सोही ठाउँका १८ वर्षीय दिलसान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका– ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाबिद खान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार नाबालिकाहरू गढवा– ६ बुद्धचोकस्थित साथीको घर गएका थिए। उनीहरूको पछाडि ती पाँच केटाहरू लागेका थिए। 

त्यही क्रममा राति उनीहरूले दुवै नाबालिकालाई मोटरसाइकलमा राखेर लमही– ५ रातोडाँडास्थित एक नाबालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए। पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीहरूविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ।