ताप्लेजुङमा युवा संघकाे सहयाेगमा हावाहुरीबाट क्षतीग्रष्त घरकाे पुन: निर्माण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५० दिन अगाडि
ताप्लेजुङमा युवा संघकाे सहयाेगमा हावाहुरीबाट क्षतीग्रष्त घरकाे पुन:  निर्माण

 काठमाडाै‍ - ताप्लेजुङमा युवा संघकाे सहयाेगमा हावाहुरीबाट क्षतीग्रष्त घरकाे पुन:  निर्माण गरिएकाे छ ।

नेकपा एमाले फक्ताङलुङ गाउँपालिका कमिटीको समन्यनमा राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि ताप्लेजुङकाे नेतृत्वमा फक्ताङलुङ गाउँपालिका वडा २ खेजेनिमको मामाङखे निबासी सन्जु प्रेम बहादुर अन्छङ्बाेकाे घरका पुन: निर्माण गरिएकाे हाे । 

गत जेठ ५ गते बेलुका चलेकाे हावाहुरीले क्षतीग्रस्त घरकाे पुन: संरचना गरि अन्छङ्बाेकाे दैनिकी सहज पारिएकाे हाे ।

आर्थिक रुपमा कमजाेर अन्छङ्बाेकाे परिवार घरमा क्षती पुगेपछि बिचल्लीमा परेपछि  नेकपा एमालेका नेता कार्यकर्ता तथा तीनका शुभचिन्तकहरुबाट आर्थिक संकलन गरी  सहयाेग गरिएकाे राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ताप्लेजुङले जनाएकाे हाे ।