राष्ट्रिय युवा संघ ताप्लेजुङ्गद्वारा हावाहुरी पीडितको घर निर्माणमा सहयोग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६७ दिन अगाडि
राष्ट्रिय युवा संघ ताप्लेजुङ्गद्वारा हावाहुरी पीडितको घर निर्माणमा  सहयोग

ताप्लेजुङ - राष्ट्रिय युबा संघ नेपाल जिल्ला कमिटी ताप्लेजुङले हावाहुरीका कारण क्षतिग्रस्त भएको घर निर्माणमा सहयोग गरेको छ।

केहि समय अघि फक्ताङलुङ गाउँपालिका खेजेनिम स्थित प्रेम ब.अन्छङबाेकाे घर हावाहुरीका कारण क्षतिग्रस्त भएको थियो । आर्थिक अभावका कारण निर्माण गर्न नसकिएको घरको निर्माणमा युवा संघ जुटेको हो । 

सामाजिक कार्यमा सधै अघि बढ्ने र दुखि गरिव जनताको घाउमा मलम पट्टी लगाउने कुरामा युवा संघ सधै साथमा रहने जिल्ला कमिटी उपाध्यक्ष मानिक तुम्वाहाम्फेले बताए । पीडितको घर निर्माणमा करिव ७० हजार बराबरको जस्तापाता घर निर्माणका लागि पठाइसकिएको उपाध्यक्ष तुम्वाहाम्फेले नेपाल विशेषलाई बताए । यसैगरि राष्ट्रिय युवा संघ नेपालका अबका कार्यक्रम सामाजिक सद्भाव राख्ने र समाजमा प्रत्यक्ष प्रभाव पर्ने कार्यहरु हुने उनको भनाई छ।