काठमाडाै - जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघु स्थित घरलाई संरक्षण गर्न सरसफाई गर्दै राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ्गले "Mission Next Election, Target New Generation" [ मिसन नेक्स्ट इलेक्सन ,टार्गेट न्यु जेनेरेसन ] अभियानको सुरुवात गरेको छ।
संघका केन्द्रीय सदस्य गोपाल न्यौपानेको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको छ। अभियान चार महिनासम्म सञ्चालन हुने र चार महिना भरी संगठन निर्माण, सदस्यता विस्तार, कमिटी गठन, पुनर्गठन, भेला, गोष्ठी, रचनात्मक अभियान साथै विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, रक्तदान,वृक्षारोपण लगायतका जनसरोकारका क्षेत्रमा विशेष काम गरिने नेता न्यौपानेको भनाई छ। नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसंँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई विशेष रुपले संरक्षण गर्नु आवश्यक रहेको राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ्गका अध्यक्ष मनोज लिम्बुले वताए।
जननेताको घरको पूर्वाधार पुननिर्माण आवश्यक रहेकाले अव राष्ट्रिय युवा संघ नेपालले त्यसको नेतृत्व लिएर संरक्षणमा जुट्ने संघका जिल्ला उपाध्यक्ष मानिक तुम्वाहाम्फे बताउछन। जननेता मदनको घर अघि सानो मतान छ जहाँ अझै ढिकी पनि देख्न सकिन्छ। मदन ढिकी भएकै ठाउँमा जन्मिएको स्थानियको भनाई छ। यो अभियान राष्ट्रिय युवा संघ नेपाल मैवाखोला गाउँपालिका कमिटीको आयोजनामा सम्पन्न भएको हो। सो कार्यक्रममा नेताहरु गोपाल न्यौपाने,सन्तोष प्रसाई,मनोज लिम्बु,प्रताप लिम्बु,मानिक तुम्वाहाम्फे ,प्रकाश एभेंग,टिकाराम थत्लुंग,रमेश घिमिरे लगायतको उपस्थितिमा सम्पन्न भएको थियो। जननेता मदन भण्डारीको जन्म २००९ साल असार १४ गते यहि घरमा भएको थियो। विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गरेका थिए । १५ वर्षको उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो । विसं २०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ ।


.jpg)


