२ असारदेखि ‘मेयर कप सप्तरी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४७ दिन अगाडि
२ असारदेखि ‘मेयर कप सप्तरी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता

 काठमाडाै‌ -सप्तरीको राजविराजमा असार २  देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ हुने भएको छ।

राजविराज नगरपालिकाले आयोजना गर्न लागेको पाँचौं संस्करणको प्रतियोगितामा ६  टिमको सहभागिता रहने छ। प्रतियोगिताका लागि ‘अक्सन’का माध्यमबाट खेलाडी छनोट गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए। उनका अनुसार अक्सनका लागि कुल १७२  खेलाडिले आवेदन दिएका थिए। तीमध्ये ८५ जनालाई विभिन्न टिमले खरिद गरेका हुन्। यो संस्करणको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागी रहने भएकाले अघिल्ला संस्करणहरुभन्दा धेरै राम्रो हुने आयोजकको अपेक्षा छ।