भारतको उत्तराखण्डमा सडक दुर्घटनामा परी ४ नेपालीको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४६ दिन अगाडि
भारतको उत्तराखण्डमा सडक दुर्घटनामा परी ४ नेपालीको मृत्यु

 काठमाडाै‍ -भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको छ। 

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनीकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए ।  दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउनेबित्तिकै मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ।  ‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा केही जानकारी आएको छैन,’ प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने । रासस