पानी हाहाकार भएपछि खाँदबारीमा दमकलबाट पानी वितरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४६ दिन अगाडि
पानी हाहाकार भएपछि खाँदबारीमा दमकलबाट पानी वितरण

काठमाडाै‍‌ - सुख्खा लागेर पानीको मुहान सुकेपछि संखुवासभाको खादबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुरु गरेको छ ।

खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर गत शुक्रबारबाट बजारबासीलाई पानी वितरण सुरु गरिएको नगर प्रमुख महेश थपलियाले बताए । दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अहनुसार वितरण भइरहेको छ । नगरपालिकाले खाँदबारीमा रहेको सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरु गरेको छ । शुक्रबारबाट दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा दमकलबाट पुर्‍याइएको नगरपालिकाले जनाएको छ । खाँदबारीमा ल्याइएका खानेपानीका मुहान सुकेकाले नगर क्षेत्रमा यतिबेला पानीको हाहाकार भएको छ ।