लुम्बिनी प्रदेश सभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६३ दिन अगाडि
लुम्बिनी प्रदेश सभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने

 काठमाडाै‍ -लुम्बिनी प्रदेश सभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने भएको छ। 

प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०८०/८१ को संसदमा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा प्रदेश प्रमख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।  माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले समर्थन गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । योसँगै जेठ २९, ३० र ३१ मा नीति तथा कार्यक्रममा छलफल हुनेछ। आगामी प्रदेश सभा बैठक २९ जेठमा दिउँसो १ बजेदेखि बस्नेछ।