सुदूरपश्चिम प्रदेशसभामा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६३ दिन अगाडि
सुदूरपश्चिम प्रदेशसभामा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

 काठमाडाै‌ -प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो। पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्। सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।