बाजुराको बिछ्या केन्द्रविन्दु भएर दुई महिनामा तीनपटक भूकम्प

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४५ दिन अगाडि
बाजुराको बिछ्या केन्द्रविन्दु भएर दुई महिनामा तीनपटक भूकम्प

 काठमाडाै‍ -सोमबार बिहान बाजुरामा  भूकम्प गएको छ।

बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहान ७ः३८ मिनेटमा ४.४ रेक्टरस्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्  राजेश शर्माले जानकारी  दिए।  बाजुराको बिछ्यामा केन्द्रविन्दु बनाएर दुई महिनामा तीनपटक भूकम्प गएको छ।  पछिल्लो समय बाजुरालाई केन्द्रविन्दु बनाई बढी भूकम्प गइरहेकाे छ। पछिल्लो समय पश्चिममा गएका सबै भूकम्पमध्ये ५० प्रतिशतभन्दा धेरै भूकम्पको केन्द्रविन्दु बाजुरामा रहेको  भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।  यसअघि ०८० वैशाख २८ गते बिहीबार  बिछ्या केन्द्रविन्दु भएर बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो। बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएकाे छ।