सर्लाहीमा सर्पको टोकाइबाट बालकको ज्यान गयो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६२ दिन अगाडि
सर्लाहीमा सर्पको टोकाइबाट बालकको ज्यान गयो

 काठमाडाै‍ -सर्लाहीको बागमतीमा विषालु सर्पको डसाईबाट एक बालकको ज्यान गएको छ। 

आइतबार राति बागमती नगरपालिका–१२, स्थित रेल्वे लिक नजिकै बस्ने कुमार बिश्वकर्माको ४ वर्षका छोरा सलिन विश्वकर्माको ज्यान गएको हो। बालकलाई घरमा सुतिरहेको अवस्थामा करिव १० बजेको समयमा सर्पले डसेको थियो। त्यसको चार घण्टापछि मात्र आफन्तले थाहा पाएका थिए।  लगतै लालबन्दी नगरपालिका स्थित सर्प दंश उपचार केन्द्र पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। राति अबेर बालक दुखाईले छट्पटाएपछि मात्र परिवारले बालकलाई सर्पले टोकेको आशंका गरेका थिए।बालकलाई समयमै अस्पताल ल्याउन नसकेका कारण उनको ज्यान गरेको उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए। बालकका बुबा कुमार वैदेशिक रोजगारीमा छन् । आमा घर बाहिर रहेकोले बालक केही समयदेखि सानीआमासगँ बस्दै आएका थिए।

स्थानीयले बिहान बालक सुतेको कोठामा गोमन सर्र्प फेला परेर मारेका छन्। बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ।  पछिल्लो समय अत्यधिक बढेको गर्मीसगैँ सर्पले डसेका बिमारीको संख्या समेत वृद्धि हुँदै गएको छ। दैनिक दर्जनबढी सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका नवलपुरस्थित सर्पदंश उपचार केन्द्रका अध्यक्ष पौडेलले जानकारी दिए ।