समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५२ दिन अगाडि
समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

 काठमाडाै‌ -त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । 

सम्बन्धनप्राप्त  दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रूपले एक–आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेस गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षय कोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।