पहिरोले हेटौँडा-काठमाडौं जाेड्ने सडक अवरुद्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४२ दिन अगाडि
पहिरोले हेटौँडा-काठमाडौं जाेड्ने सडक अवरुद्ध

 काठमाडाै‌ -गएराति परेको वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् ।

 पहिरोका कारण हेटौँडा–काठमाडौं जाेड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पहिरोका कारण हेटौँडा–कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ सिस्नेरीमा बिहीबार बिहान ५ बजेको समयमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार कान्ति लोकपथअन्तर्गतको ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडकखण्ड भएर चल्ने केही सवारीसाधनमा क्षतिसमेत पुगेको छ । सडक अवरुद्ध हुँदा काठमाडौं–हेटौँडा आवतजावत गर्नै सवारीसाधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुवै सडकखण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।