फिल्म ‘जय हो’को फस्टलुक पोष्टर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५१ दिन अगाडि
फिल्म ‘जय हो’को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडाै‍ -नेपाली फिल्म ‘जय हो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

शोभित बस्नेतको प्रस्तुति रहेको फिल्म आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउनेछ । बिहीवार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मका दुई पोष्टर सार्वजनिक गरेको हो ।  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ प्रस्तुत छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राज के अधिकारी र सुरज सरकार निर्माता रहेको फिल्मलाई सौरभ लामाले छायाँकन गरेका हुन् ।