वर्षा कारण नेपाल र भारत ए को खेल रद्द

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३१ दिन अगाडि
वर्षा कारण नेपाल र भारत ए को खेल रद्द

काठमाडौं -हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ ।

वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक-एक अंक पाएका छन् । समूह बी मा नेपालले दुई खेलपछि एक अंक छ भने भारतले ३ अंक जोडेको छ । बिहीबारै तय भएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द भएको थियो ।नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल हङकङसँग शनिवार खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । भारत र पाकिस्तानको समान ३ अंक हुँदा नेपाल र हङकङको समान एक अंक छ ।