दोस्रो वर्षको नतिजा हेर्न एसएमएस गर्दा पहिलो वर्षको अर्कै विद्यार्थीको नतिजा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४९ दिन अगाडि
दोस्रो वर्षको नतिजा हेर्न एसएमएस गर्दा पहिलो वर्षको अर्कै विद्यार्थीको नतिजा

काठमाडौं - त्रिभुवन परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।

कार्यालयले बिहीबार नतिजा प्रकाशित गरिएपछि विद्यार्थीले नतिजा हेर्नको लागि ३३६२४ मा आफ्नो सिम्बोल नम्बर राखेर एसएमएस गर्दा पहिलो वर्षको अर्को परीक्षार्थीको नतिजा देखाइरहेको विद्यार्थीले बताएका छन् । विद्यार्थी विष्णु पौडेल भन्छन्, ‘त्रिविको लापरबाहीले पनि हद नाघ्यो हिजै यस्तो समस्या भईरहेको छ भनेर खबर गरेको अहिलेसम्म अपडेड गरिएको छैन ।’ नतिजा आएको सूचना पाएपछि एसएमएस गरेर नतिजा हेर्न खोज्दा रमेश कार्कीको पहिलो वर्षको नतिजा देखाएको उनले बताए । यस्तो समस्या देखिएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा फोन गरेर जानकारी गराउँदा समेत अहिलेसम्म सम्बोधन नभएको उनले बताए ।अर्का विद्यार्थी विवे राज ओझाले पनि आफ्नो नतिजा हेर्नको लागि एसएमएस गर्दा विन्दिया नाम गरेको विद्यार्थीको पहिलो वर्षको नतिजा आएको बताए । उनी भन्छन् ‘यो त साह्रै लापरबाही भएन भनेको ? करिब एक वर्षपछि नतिजा निकालेको छ अझै अनलाइन अपडेट छैन ।’त्रिवि पनिकाले एमपीए दोस्रो वर्षको परीक्षा २०७९ साल भदौ–असोजमा सञ्चालन गरेको थियो ।