७० वर्षको उमेरहद उपयोगी भएन - ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५७ दिन अगाडि
७० वर्षको उमेरहद उपयोगी भएन  - ओली

काठमाडाै‍ -नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले ७० वर्षको उमेरहद हटाउने निर्णय गरेको बताएका छन्।

७० वर्षमाथिकाले काम गर्नसक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएकाले सो उमेरहद हटाउने निर्णय गर्नुपरेको उनकोको स्पष्टिकरण छ। अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्। चीनलगायत दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको ओलीको तर्क छ।

‘७० वर्ष कहिँ पनि छैन दुनियाँमा । अमेरिकामा छ । ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ । अनि, शेरबहादुर देउवाजी ७७–७८ कति वर्ष हो ? चलाइराख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौं । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो,’ उनले भने।