काठमाडाै -नेपाली फिल्म ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ ।
शुक्रवार युट्युबमा रिलिज भएको फिल्मले भ्युज पनि लोभलाग्दो पाइरहेको छ । आइतवार बिहानसम्म फिल्मले २० लाख भ्युज पाएको छ । हलमा गतवर्ष रिलिज भएको यो फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनील कुमार थापा निर्माता रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।