ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीन सहित चारजना बेपत्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३९ दिन अगाडि
ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीन सहित चारजना बेपत्ता

 काठमाडाै‌ -ताप्लेजुङको सिदिङवा गाउँपालिकामा-६ मेहेलेमा पहिरोमा परि एकै घरका ३ जना सहित ४ जना बेपत्ता भएका छन् । 

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाक्षेत्रीकी  श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाती प्रज्वाल बुढाथोकी बेपत्ता भएको मेहेलेबाट जिल्ला समन्वय सदस्य कला कडरियाले जानकारी दिए।  सोही पहिरोमा परि हर्कबहादुर तामाङको छोरा गणेश तामाङ पनि हराएको कडरीयाले बताए ।  स्थानीय बासीहरु घटनास्थालमा पुगेका छन् भने प्रहरी प्रशासन घटनास्थल पुग्दै छ ।अहिले पनि यहाँ अविरल वर्षा भइरहेको छ ।  उता, जिल्लाको दोश्रो ठूलो बजार दोभानमा ५ घर जोखिममा रहेको स्थानीय जयप्रसद भङराईले बताए । मैवाखोलामा आएको भीषण बाढीले बजार जोखिममा रहेको भट्टराईले बताए । जिल्लाका ९ स्थानीय तह मध्ये धरै गाउँपालिकाको केन्द्रमा जाने सडक क्षेती भएको छ ।