जिम्बावेविरुद्ध राम्रो सुरुवात, कुशल र आसिफ क्रिजमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२२८ दिन अगाडि
जिम्बावेविरुद्ध राम्रो सुरुवात, कुशल र आसिफ क्रिजमा

काठमाडाै‌ -आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह एमा रहेक नेपालले अहिले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ।

गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले कुनै विकेट नगुमाई ३६ रन बनाएको छ। अहिले आठ ओभरको खेल सकिएको छ।  कुशल भुर्तेल २३ र आसिफ सेख १० रन बनाएर खेलिरहेका छन्। कुशलले पाँच र आसिफले एक चौका प्रहार गरिसकेका छन्। यसअघि दुवैले एकएकपटक जीवनदान पाएका छन्। घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ।