काठमाडाै-साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२ अंकले बढेको छ। ५२.२६ अंकले बढेर नेप्से दुई हजार ९४.३३ बिन्दुमा कायम भएको छ।
आज २८० कम्पनीका एक करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भए। आज बैंकिङ समूहबाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ। बैंकिङ समूह ०.२९ प्रतिशतले घट्दा जीवन बिमा समूह सर्वाधिक ६.३८ प्रतिशतले बढेको छ। त्यसैगरी, होटल तथा टुरिजम ६.१५ प्रतिशतले बढ्दा अन्य समूह ६ प्रतिशतले बढेको छ। आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत र आठ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र मेन्छियाम हाइड्रोपवर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाउँदा सुभम पावर लिमिटेडको सर्वाधिक ५.५८ प्रतिशतले सेयर मूल्य घटेको छ।