नेपालमा अमेरिकी पाठ्यक्रमको सम्भाव्यताबारे एकमहिने ‘वर्कसप’ सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३८ दिन अगाडि
नेपालमा अमेरिकी पाठ्यक्रमको सम्भाव्यताबारे एकमहिने ‘वर्कसप’ सम्पन्न

काठमाडौ -नेपालमा अमेरिकन पाठ्यक्रमको  सम्भाव्यताबारे एकमहिना लामो अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ईन्स्टिच्युड अफ एड्भान्स कम्युनिकेशन,एजुकेशन एण्ड रिसर्च (आइएसिईआर) ले १५ मे देखि १७ जुनसम्म यसबारे छलफल चलाएको हो । कार्यक्रमका संयोजक डा. ताराप्रसाद अधिकारीका अनुसार कार्यक्रमको अमेरिकी अध्ययन पद्धतिलाई अभिवृद्धि गर्ने र नेपाल अध्ययनसम्बन्धी पाठ्यक्रम विकासको उद्धेश्यका साथ वर्कशप आयोजना गरिएको थियो । कार्यशालामा अमेरिकी अध्ययन पाठ्यक्रमको परिक्षण गरेर, नेपाली पाठ्यक्रमहरूमा समावेश गर्न सकिने सामग्री, शिक्षण विधि र मूल्यांकन प्रविधिका बिषयमा छलफल वहस भएको थियो ।

यसका लागि आइएसिईआरले अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी ब्याटनफेल्डलाई विज्ञ सल्लाहकारको रुपमा आमञ्त्रण गरेको थियो । संयोजक अधिकारीले प्रोफेसर ब्याटेनफेल्डको अमेरिकी अध्ययनको क्षेत्रको गहिरो विज्ञता र अनुभव नेपालका सन्दर्भमा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको बताए । ‘अमेरिकी अध्ययन सम्बन्धी कार्यशालाले कार्यशालाले नेपाल अध्ययनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्न प्रोत्साहित गर्दै सहकार्यका लागि वातावरण बनेको छ । यसले नेपालको पाठ्यक्रमहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले सरकारको लक्ष्य र विद्यार्थीहरूको विकसित आवश्यकताहरू पूरा गर्न सहयोगी हुनेछ,’ अधिकारीले भने ।