काठमाडाै -ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा पहिरोमा परि सोमबार बाबुछोराकाे ज्यान गएको छ ।
पहिरोमा परी एकजना शक्त घाइते भएका छन् । प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार सिदिङ्वा ६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई केशरका छोरा सुरेर कुमार राईको पनि मृत्यु भएको प्रनाउ लिम्बुले जानकारी दिए । पहिरोमा परि घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल लैजान लाग्दा मृत्यु भएको बताइएको छ । उता, सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन् । उपचारका लागि लैजाने सबै बाटाहरु अबरुद्ध छन् । घाइतेलाई उपचारका लागि लैजान समस्या भएको जिल्ला समन्वय समिति सदस्य कला कडरीयाले बताइन । गत शनिबार राति गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन जनाको पत्तो लाग्न सकेको छैन । शनिबार रातिको पहिरोबाट बेपत्ता मेहेले भालुखोपका भगिमाँया बुढाक्षेत्री,उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री फेला पर्न सकेको छैनन् । अहिले अविरल पानी परेका कारण खोजी कार्य गर्न समेत समस्या भएको प्रहरी प्रमुख लिम्बुले बताए । पहिरोमा परी बेपत्ता भएकामध्ये मेहेले भालुखोपका गणेश तामाङको शव फेला परिसकेको छ । अहिले पनि मेहेलेका विभिन्न क्षेत्रमा पहिरो गइरहेको छ । मेहेलेको निलगिरी मावि रहेको स्थान पहिरोबाट केहि सुरक्षित रहेको देखेपछि जोखिम प्रभावित क्षेत्रका मानिसहरुलाई त्यहाँ ल्याउने प्रयास भइरहेको छ ।