प्रधानन्यायाधीश र बार पदाधिकारी बीच भेट - पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४७ दिन अगाडि
प्रधानन्यायाधीश र बार पदाधिकारी बीच भेट - पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न माग

काठमाडौं - नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रधान्यायाधीशलाई भेटेर पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न आग्रह गरेका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएपछि सोमबार बार पदाधिकारीहरु भेट्न पुगेका थिए । भेटमा बार पदाधिकारीहरुले न्यायाधीश हुँदा आफ्नो नेतृत्वको समितिले बनाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

कार्कीले स्वचालित प्रणालीतर्फ उन्मुख भएको र सक्दो छिटो कार्यान्वयन गर्ने आश्वासन दिएको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । बार पदाधिकारीहरुले न्यायाधीश अभावका कारण्न मुद्दामा ढिलाइ भएको भन्दै तत्काल पदपूर्तिमा जोड दिएका छन् ।