आर्यन सिग्देलको जोडी बनेर चलचित्रमा डेब्यु गर्दै कुशुम ‘सकम्बरी’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४५ दिन अगाडि
आर्यन सिग्देलको जोडी बनेर चलचित्रमा डेब्यु गर्दै कुशुम  ‘सकम्बरी’

काठमाडाैं- गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियोमा अभिनयपछि चर्चामा रहेकी माेडल कुशुम शर्मा फिल्म डेब्यू गर्ने भएकी छिन् ।

दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’ मा उनको अभिनय रहने भएको हो।

फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बन्न लागेकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोष्टर शर्मा र सिग्देललाई राखेर सार्वजनिक गरेका छन् ।

फिल्ममा आर्यन र कुसुमको अलावा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठ लगायतको मुख्य भूमिका रहनेछ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । श्रेष्ठले यस अगाडि  ‘शकुन्तला, चि मुसी चि’ लगायतका फिल्म निर्देशन गरेका छन् ।