कति पुग्याे नेपाली बजारमा सुन चाँदीको मूल्य ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३४ दिन अगाडि
कति पुग्याे  नेपाली बजारमा  सुन चाँदीको मूल्य ?

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य घटिरहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।