कहिले आउला कक्षा १२ को नतिजा ? यसाे भन्छन् बोर्ड अध्यक्ष शर्मा...

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३५ दिन अगाडि
कहिले आउला कक्षा १२ को नतिजा ? यसाे भन्छन् बोर्ड अध्यक्ष शर्मा...

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि लिइएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ ।

नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो ।  त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयाे ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनिरहेपनि साउन अन्तिम सातासम्ममा नतिजा प्रकाशन गर्ने बाेर्डकाे तयारी छ । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताउनु भयाे ।

गत वर्ष लेटर बाेर्डले ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो । 

१ वा २ विषयमा एनजी आएका विद्यार्थीले तत्कालै हुने पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । तीन विषय वा सो भन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने लेटर ग्रेडिङ निर्देशिकामा उल्लेख छ ।  गत वर्ष संशोधनपछि तीन वा सो भन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्ष जति विषयमा एनजी आएको सोही विषयको मात्र परीक्षा दिनुपर्नेछ ।