सरकारले गरिब जनतालाई विनाधितो ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ -अमरेशकुमार सिंह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३४ दिन अगाडि
सरकारले गरिब जनतालाई विनाधितो ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ -अमरेशकुमार सिंह

 काठमाडाै‌ -प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिव जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। सांसद सिंहले गाउँका गरिव जनताबाट निक्षेप संकलन गरेर बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै ऋण दिने गरेको भन्दै आपत्ति जनाए।उनले भने, ‘सबै बैंकहरु ठूला व्यापारीका लागि छन्। ठूलो नेताहरुको घरघरमा त ठूला व्यापारी आउँछन्। विचरा, गरिव, दलित, किसान त आउँदैनन्। कुनै चेपाङ त आउँदैन। त्यो कारणले आज जगदम्बा ग्रुपले कति ऋण लिएको छ ? चौधरी ग्रुपले कति ऋण लिएको छ ? ज्योति ग्रुपले कति ऋण लिएको छ ? ठूलाठूलाले अर्वौमा ऋण लिने, त्यो गाउँका गरिवलाई एक लाख ऋण दिन्छ ? विना धितो ऋण दिन्छ ?’ सांसद सिंहले बैंकहरुले गरिवलाई मर्दा र अतिआवश्यक पर्दा पनि विनाधितो ऋण नदिएको उल्लेख गर्दै त्यो व्यवस्थामा परिवर्तन गर्न सरकारलाई सचेत गराए।