नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१४ दिन अगाडि
नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

काठमाडौं - मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।