काठमाडाै -ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।
सिआइबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो। सिआइबीका एसएसपी दिनेश आचार्यले थप २ जनालाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको सेतोपाटीलाई बताए। ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरिसकेको छ।