निजी विद्यालयको छात्रवृत्ति परीक्षा अब काठमाडौं महानगरले लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३३ दिन अगाडि
निजी विद्यालयको छात्रवृत्ति परीक्षा अब काठमाडौं महानगरले लिने

काठमाडाै‌ -काठमाडौं महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले कक्षा ११ का विद्यार्थीलाई निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि महानगरले नै परीक्षा लिएर विद्यार्थी छनौट गर्ने बताए। काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएअनुसार महानगरअन्तर्गत निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो। सामुदायिक विद्यालयमा पनि योग्यताक्रम निर्धारण गरी छात्रवृत्ति दिने तयारी महानगरको छ।