निर्माणाधीन धन्सार भत्किँदा गोरखामा १ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२३ दिन अगाडि
निर्माणाधीन धन्सार भत्किँदा गोरखामा १ जनाको मृत्यु

काठमाडौँ - गोरखाको गण्डकी गाउँपालिका–४ स्थित ढाबेमा निर्माणाधीन धन्सार भत्केर एक जनाको मृत्यु भएको छ ।

धन्सार बनाउने क्रममा भत्केर ४१ वर्षीय मिना बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले रातोपाटीलाई बताए ।  धन्सार भत्किँदा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ६५ वर्षीय रामकृष्ण बरामलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ । स्थानीय जङ्ग बहादुर बराम र सुजन बराम सामान्य घाइते भएका छन् ।