मलेसियालाई पराजित गर्दै नेपालले उचाल्यो इस्ट जोन कपको उपाधि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३३ दिन अगाडि
मलेसियालाई पराजित गर्दै नेपालले उचाल्यो इस्ट जोन कपको उपाधि

 काठमाडाै‌ -एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि उचालेको छ। 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो। मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ३१ रन जोड्न सफल भयो।  नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेलेर नेपाललाई जितको नजिक पु¥याएका थिए। 

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए। सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे। मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १÷१ विकेट लिए।