असुरक्षा भएको भन्दै ललितपुरका न्यायाधीश र कर्मचारी सर्वोच्चमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३३ दिन अगाडि
असुरक्षा भएको भन्दै ललितपुरका न्यायाधीश र कर्मचारी सर्वोच्चमा

काठमाडौं - काम गर्न असुरक्षा रहेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत गएका छन् ।

न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ । ‘बाहिर नाराबाजी चलेको छ, हाम्रो नाम लिएर मुर्दावाद भन्न थालेपछि काम गर्ने वातावरण भएन, त्यसैले हामी सर्वोच्च अदालत आयौं’, ललितपुरका एक न्यायाधीशले भने, ‘यो वातावरण अन्त्य हुनुपर्‍यो र अहिलेको समस्या समाधान हुनुपर्‍यो भनेर सर्वोच्च अदालत आएका हौं ।’

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसँग उनीहरुले छलफल गरिरहेका छन् ।कानून व्यवसायीहरुलाई झुटो मुद्दामा फसाइएको भन्दै नेपाल बार एसोसिएसनले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको घटनालाई लिएर कर्मचारी र कानुनी व्यवसायी आआफ्नै ढंगले आन्दोलनमा उत्रिएका छन् । सोमबार कानुन व्यवसायीले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन नै गरेका थिए ।