हेवाखोला बाढीपीडितलाई आर्थिक सहयोग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२३ दिन अगाडि
हेवाखोला बाढीपीडितलाई आर्थिक सहयोग

काठमाडाै‌ -संखुवासभामा जन्मिई हाल काठमाडौँमा बस्ने तमू (गुरुङ) समुदायको साझा संस्था संखुवासभा तमु समाज सेवा समिति काठमाडौँले पाँचखपन नगरपालिका हेवाखोला बाढीपीडीतलाई राहत सहयोग उपलब्ध गराएको छ।

मंगलबार एक कार्यक्रमबीच पाँचखपन नगरपालिकाको कार्यालयमा संखुवासभा तमु समाज सेवा समिति काठमाडौँका पूर्वअध्यक्ष ताराकुमारी गुरुङ र पाँचखपन नगरपालिकाका मेयर विपीन राईले बाढी पिडीतहरुलाई संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएका हुन्। मृतक सन्तोष राई र ४ जना बेपत्ताहरु सन्चाहाङ राई, दिपक मगर, भुवनसिंह तामाङ र ज्ञानबहादुर लिम्बुको परिवारलाई जनही ९÷९ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए। घर भत्किएका ७ परिवारलाई ६ हजार ४ सय २५ रुपैयाँ तथा घर क्षतिग्रस्त भएका पूर्णबहादुर तामाङलाई ५ हजार र धनमाया सुवेदीलाई ५ हजार २५ रुपैयाँ प्रदान गरिएको छ। क्षतिको आधारलाई हेरेर राहत हस्तान्तरण गरिएको नगरपालिकाको भनाइ छ। पाँचखपन नगरपालिकाका मेयर विपीन राईले संखुवासभा तमु समाज सेवा समितिलाई दुःखको समयमा मलमपट्टी लगाउन सहयोग गरेकोमा आभार प्रकट गरे।

नगरपालिकाद्वारा जनही ५० हजार हस्तान्तरण 
हेवाखोला बाढीमा ज्यान गुमाएका परिवारलाई पाँचखपन नगरपालिकाले जनही ५०÷५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ। मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाले बाढीमा परी ज्यान गुमाएका र हालसम्म बेपत्ता रहेका ४ जनाको घरपरिवारलाई राहत रकम जनही ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो। नगरपालिकाको ११औं नगरसभाको निर्णयअनुसार नै उक्त रकम हस्तान्तरण गरिएको मेयर विपीन राईले जानकारी दिए।