गायक रविन तामाङको निधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२२ दिन अगाडि
गायक रविन तामाङको निधन

 काठमाडाै‍ -नेपाली सांगीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ।

तामाङको मंगलबार ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिए ।  प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मंगलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उहाँ खाटको छेउ मृत भेटिनुभएको चन्दले बताए ।  मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका  गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए ।  पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।  गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।