काठमाडाै -दोहोरो नागरिकता लिने एक दम्पतीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
बैतडी र कञ्चनपुरबाट दोहोरो नागरिकता लिने कलावती चन्द दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले दोहोरो नागरिकता लिने गम्भीर चन्द र कलावती चन्दलाई प्रहरीले पक्राउ गरेको बताए । बैतडीको पञ्चेश्वर गाँउपालिका ५ खेटीबस्ने ५८ वर्षीया गम्भीरु र ३९ वर्षीया कलावतीलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरिएको बताए। प्रवक्ता चन्दले उनीहरुविरुद्धमा २८ बैशाखमा दोहोरो नागरिकता लिएको कसुरमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको दुई महिनापछि चन्द दम्पती पक्राउ परेका हुन् । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर कलावतीले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाटसमेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ । कलावतीले भीमदत्त नगरपालिका ५ कञ्चनपुरका गम्भिरसँग दोस्रो विवाह गरेर नागरिकता लिएको उक्त नागरिकता दिलाउन गम्भीरलेसमेत भूमिका निर्वाह गरेकाले प्रहरीले दुवैलाई पक्राउ गरि मुद्दा चलाएको छ । अहिले दुवै जना कञ्चनपुर प्रहरी हिरासतमा छन । दुवै जनामाथि नागरिकता ऐन कसुर सम्बन्धीको मुद्दा चलाइएको छ ।