ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३१ दिन अगाडि
ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

काठमाडाै‌ -ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिबीच भगिनी सम्बन्ध कायम भएको छ ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन् ।  ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दु:ख–सुख आदानप्रदान गर्नुभएको बताए । उनले भने, ‘हामी मित हौँ, दु:ख–सुख साट्छौँ, सहयोग गर्छौँ ।’  मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको सहर ललितपुरसँग भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए । यो सम्बन्धले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरे ।उनले भने, ‘ललितपुर महानगर हाम्रा लागि खुला विश्वविद्यालय हुनेछ, हामी असल अभ्यास सिक्नेछौँ ।’ पूर्वसचिव भीम उपाध्यायले कला र संस्कृतिको सहरले विकट जिल्ला गुल्मीको मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण भएको बताए ।