गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२१ दिन अगाडि
गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

काठमाडाै‌ - गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी  ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका-६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।