घट्यो सुन चाँदीको मूल्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२०७ दिन अगाडि
घट्यो सुन चाँदीको मूल्य

काठमाडौं - साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।बिहिबार एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।