कोशीमा सभामुखको समर्थनपछि राप्रपा प्रवक्ताले भने – ‘वा ! नमूूना गणतन्त्र !’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३७ दिन अगाडि
कोशीमा सभामुखको समर्थनपछि राप्रपा प्रवक्ताले भने – ‘वा ! नमूूना गणतन्त्र !’

काठमाडौं– कोशी प्रदेशका सभामुख बाबुराम गौतम नवनियुक्त मुख्यमन्त्री उद्धव थापाका समर्थक बनेपछि तीब्र आलोचित छन् ।

यस्तो भूमिकाका कारण उनले संसद्लाई निष्पक्ष, तटस्थ र स्वतन्त्र भएर सञ्चालन गर्नेमा विश्वासको संकट निम्तिन सक्ने चिन्ता व्यक्त भइरहेको छ । यही मेसोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता सगुनसुन्दर लावतीले भने सभामुखको भूमिकाप्रति आक्रोश पोख्दै घुुमाउरो शैलीमा व्यवस्थाप्रति नै कटाक्ष गरेका छन् । ‘बाँच्नुुपर्छ देख्न पाइन्छ भनेको यही हो । कोशी प्रदेशमा सरकार गठनमा सभामुखको हस्ताक्षर !’‘डेमोक्र्याट, प्रगतिशील र अग्रगामी लोकतन्त्रवादीहरूको वाह नमूूना गणतन्त्र ।’ वर्तमान सत्ता गठबन्धनको ठूलो दल कांग्रेस लोकतान्त्रिक (डेमोक्र्याटिक) हो । बाँकी तीन दललाई समाजवादी धाराका प्रगतिशील र अग्रगामी दल भन्ने गरिन्छ । यिनै दलहरूले गठबन्धन सरकार गठनको क्रममा निर्णायक मानिएको सभामुख गौतमको साथ पाए । यसपछि सभामुख गौतम र चार दलीय सत्ता गठबन्धनको राप्रपा प्रवक्ता लावतीले आलोचना गरेका हुन् ।