मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा जलेर नष्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१९ दिन अगाडि
मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा जलेर नष्ट

काठमाडाै‌ -मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती डिपाट गाउँमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा जलेर नष्ट भएका छन् ।

दुर्घटनामा परी दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार गएराति पौने दुई बजे हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार दुर्घटनामा परी दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र उपचारको लागी चितवनको भरतपुर पठाइएको छ ।दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती नगरपालिका ३ का अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी ३ का  अन्दाजी ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन् ।  प्रवक्ता कार्कीले दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको र दुबै ट्रक पूर्णरुपमा जलेर नष्ट भएको जानकारी दिए ।   हेटौंडा उपमहानगरपालिकाबाट गएको  दुईवटा दमकलले ट्रकमा लागेको आगो निभाएका छन् ।