स्वस्तिमा अभिनीत फिल्म ‘ऐंचो पैंचो’को टिजर रिलिज, फिल्म भदौ १४ मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२८ दिन अगाडि
स्वस्तिमा अभिनीत फिल्म ‘ऐंचो पैंचो’को टिजर रिलिज, फिल्म भदौ १४ मा

 काठमाडाै‌ -नेपाली फिल्म ‘ऐंचो पैंचो’को टिजर सार्वजनिक गरिएको छ ।

 ​कृषा चौलागाईको डेब्यु निर्देशकीय फिल्म आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । शुक्रवार सार्वजनिक टिजरमा फिल्मका शीर्ष कलाकारहरूलाई समावेश गरिएको छ ।  यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्रीलगायतको शीर्ष भूमिका छ । बुद्धि तामाङ, रविन्द्र झा, रमेश बुढाथोकी, राजाराम पौडेल, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारहरू पनि फिल्ममा छन् । केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेका छन् ।  अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन छ ।