बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् -अर्थमन्त्री महत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१९ दिन अगाडि
बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् -अर्थमन्त्री महत

 काठमाडाै‍ -अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन्।

बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले यस्तो आश्वासन दिएका हुन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे।

 ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ। त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला,’ उनले भने।अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक बस्तुहरुको खपतमा जोड दिन पनि आम उपभोक्तालाई आग्रह गरेका छन्।