मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२८ दिन अगाडि
मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

 काठमाडाै‌ -मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ।

शनिबार बेलुकी ४ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ जाँदैछ। हाल पहिरोमा ढुङ्गाहरु झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।