तोलामा ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१८ दिन अगाडि
तोलामा ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

 काठमाडौं - आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य ७ सयले बढेर एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।