प्रतिनिधिसभाको बैठक पनि स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३५ दिन अगाडि
प्रतिनिधिसभाको बैठक पनि स्थगित

काठमाडाै‌ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।

संसद् सचिवालयले सूचना टाँस गरी सोमबार ३ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जनाएको छ। यसअघि आज दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहपछि दुई घण्टापछि सारिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसदको दुबै सदन अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधपछि आजको राष्ट्रिय सभाको बैठक पनि सोमबार बस्ने गरी स्थगित गरिएको थियो।